ओली सरकारले पायो पूर्णता, नाउपा र कांग्रेसबाट थपिए ३ राज्यमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलले अरणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री नियुक्त गरेका छन् । उनीहरुलाई क्रमश संस्कृति पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालको जिम्मेवारी दिइएको हो।

चौधरी नाउपाका हुन् भने विक र तामाङ कांग्रेसका सांसद हुन् ।

संघीय सरकारमा प्रधानमन्त्री ओलीले गत असार ३१ गते २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । ३ जना राज्यमन्त्री थपिएसँगै ओली सरकारले पूर्णता पाएको छ । संविधान अनुसार संघमा बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाउने व्यवस्था छ ।


क्लिकमान्डु