मोतिहारी–अम्लेखगञ्‍ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

308
Shares

जनकपुरधाम । नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम लगभग पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ ।

निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी–अमलेखगञ्ज पेटोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्याङ्की चार हजार एक किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रूत गतिमा भइरहेको छ ।

पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताइएको छ । परियोजनामा सरकारको एक अर्ब ५४ करोड तथा भारत सरकारको ६० करोड रुपैयाँ लगानी छ ।