सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै डेढ लाख



काठमाडौं । सुनको मूल्य शुक्रबार तोलाकै झण्डै डेढ लाख पुगेर नयाँ रेकर्ड बनेको छ ।

साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेकोमा शुक्रबार तोलाकै १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको हो । जुन अहिलेसम्मकै उच्च रेकर्ड हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकै दिन तोलामा ५ सयले बढेको हो । बिहीबार तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँ कायम छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो ।


क्लिकमान्डु