नेपालले १०० मेगावाट विद्युत् थप्दा भारतमा भने १३ सय मेगावाट थपियो



काठमाडौं । नेपालमा १२५ मेगावाटको हाराहारीमा मात्रै विद्युत् थप हुँदा भारतमा भने एकै वर्षमा १ हजार ३ सय ५ मेगावाट विद्युत् थप हुने भएको छ ।

गत वर्ष भारतमा १ हजार ७ सय १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकोमा १ हजार ६ सय ५९ मेगावाट विद्युत् थप गरेको थियो । यो कुल लक्ष्यको २० प्रतिशत कम हो ।

भारतीय अधिकारीले लक्ष्यको २० प्रतिशत कम मात्रै विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप गर्न सफल भएको जनाएका छन् । उनीहरुले त्यसलाई सफलताकै रुपमा व्याख्या गरेका छन् ।

यस वर्ष १ हजार मेगावाट सरकारी कम्पनीबाट र नीजि क्षेत्रबाट ३ सय ५ मेगावाट विद्युत् थप हुने आंकलन गरिएको छ ।

त्यसमा मिजोरोममा रहेको आयोजनाबाट ६० मेगावाट, ३ सय ३० मेगावाटको कृष्णनगर, १ सय १० मेगावाटको पारे आयोजना र ६ सय मेगावाटको केमाङ आयोजना रहेका छन् ।

भारतमा जलऊर्जा उत्पादनमा २.१४ प्रतिशतले वृद्धि भएको छ । गत जुलाईमा १५.०८ बिलियन युनिट ऊर्जा उत्पादन रहेकोमा हाल त्यो बढेर १५.४१ बिलियन युनिट पुगेको हो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणकाअनुसार २०१५ को जुलाईको तुलनामा ८.२ प्रतिशतले ऊर्जा उत्पादन बढेको छ ।

हाल भारतमा २० आयोजना निर्माणको क्रममा रहेका छन् । ती आयोजनाको क्षमता ६ हजार ३ सय २९ मेगावाट रहेको छ । त्यसमा ३० हजार १ सय ४७ करोड लगानी भएको ऊर्जा मन्त्री पियूस गोयलले जनाएका छन् ।

नेपालमा भने निजी क्षेत्रका आयोजना मात्रै सम्पन्न भएका छन् । सरकारले गत बर्ष २०० मेगाबाट उत्पादन थप्ने लक्ष्य राखेको थियो । त्यसमा ५० मेगावाटको माथिल्लो मस्याङदी नै सम्झन लायक आयोजना हो । अन्य आयोजना बाट उत्पादन हुने बिद्युत् प्रभाबकारीताको हिसाबले बर्षादको समयमा मात्रै पूर्ण क्षमता गर्न सक्छन् ।

निजी क्षेत्रले निर्माण गरेको १ सय २५ मेगावाट जडित क्षमता भएपनि त्यसले हिउँदमा भने क्षमताको ३० प्र्रतिशतको हाराहारीमा मात्रै उत्पादन हुने छ ।


क्लिकमान्डु