जो बाइडेन राष्ट्रपतिको दौडबाट किन बाहिरिए ?



एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू दोस्रो कार्यकालका लगि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन् ।

उनले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार रहेकी उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन् ।

हाल ८१ वर्षका बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो ‘पार्टी र देशको हितका लागि’ आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको उल्लेख गरेका छन् ।

उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ‘ठूलो सम्मानको रूपमा लिएको’ र जनावरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटहरूबाट उनको आलोचना भएको थियो ।

पार्टीका महत्त्वपूर्ण व्यक्तित्वहरूले कमलाको मनोनयनलाई स्वीकार गरे पनि पार्टीबाट भने उनी आधिकारिकउम्मेदवार बनिसकेकी छैनन् । अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ ।

डेमेक्र्याटिक पार्टीको प्रतिस्पर्धी ठानिएको रिपब्लिकनका तर्फबाट भने पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प उम्मेदवार चयन भइसकेका छन् ।

पेन्सिल्भेनिआको एक चुनावी सभामा गोली प्रहारबाट उनको हत्या प्रयास भएको पाँच दिन पछि रिपब्लिकन पार्टीले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको थियो ।


क्लिकमान्डु