सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमै सापटी दिने



काठमाडौं । सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमै सापटी दिने भएको छ । कोषले धितोमा आधारित घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटीमा कोषले लिने ब्याज दर वार्षिक ७.५ प्रशित दिने कोषले निर्णय गरेको छ ।

कोषले दिने विशेष सापटीमा लिने ब्याज वार्षिक ६.६० प्रतिशत रहेको छ । यसले योगदानकर्ताको बृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा कोषले दिने ब्याज वार्षिक ५.५ प्रतिशत दिने निर्णय सामाजिक सुरक्षा कोषले गरेको छ ।

कोषले धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेमा लिने हर्जना ब्याज दर वार्षिक १ प्रतिशत मात्रै हुने गरी सामाजिक सुरक्षा कोषले साउन ३ गते निर्णय गरेको छ । कोषले गरेको यस्तो ब्याजदर चालु आर्थिक वर्ष २०८१/८२ को लागि लागु हुने छ ।


क्लिकमान्डु