परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट



काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् । बुधबार परराष्ट्रमन्त्री राणासँग सिंहदरबारस्थित मन्त्रालयमा दुई पक्षीय भेट भएको हो ।

भेटको क्रममा नेपाल–चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ राजदूत सोङले यसअघि प्रधानमन्त्री केपी ओलीसँग पनि शिष्टाचार भेट गरिसकेका छन् ।


क्लिकमान्डु