रमेश बडाल महान्यायाधिवक्ता नियुक्त



काठमाडौं । नेपाल सरकारको महान्यायाधिवक्‍तामा रमेश बडाल नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

यसअघिका महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिएका थिए ।

प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए । वरिष्ठ अधिवक्ता बडाल नेकपा एमालेका कानुन विभाग प्रमुख हुन्।

बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए ।


क्लिकमान्डु