प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री ओलीले संघीय संसद् सचिवालयलाई साउन ६ गते विश्वासको मत लिने जानकारी गराएका हुन् ।

ओली नेपाली कांग्रेसको सहयोगमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीमा शपथ लिएकै दिन ओली नेतृत्वको सरकारले पूर्णता पाएको थियो । सरकारमा नेकपा (एमाले) र कांग्रेससहित जसपा र लोसपा सहभागी छन् ।

साउन ६ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओली त्यसको भोलिपल्ट संसद्‌मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेछन् ।


क्लिकमान्डु