भारतीय अर्बपति गौतम अडानीको चीनविरुद्ध व्यापारिक रणनीति



एजेन्सी । भारतीय अर्बपति गौतम अडानीले आफ्नो महत्त्वाकांक्षी वैश्विक विस्तारको हिस्साको रुपमा भियतनाममा एक अत्याधुनिक बन्दरगाह बनाउने योजनाका साथ नयाँ सम्भावनाहरु खोजिरहेका छन् ।

अडानी पोर्ट्स एन्ड स्पेसल इकोनोमिक जोन लिमिटेडबाट बनाइने यो कम्पनीले दा नाङस्थित ग्रिनफिल्ड विकासका लागि भियतनाम सरकारबाट सैद्धान्तिक अनुमति पाइसकेको बताइएको छ । तर यो परियोजना अहिले पनि प्रारम्भिक चरणमा रहेको बताइएको छ । जसमा विविध कार्गो व्यवस्थापनका लागि कन्टेनर टर्मिनल तथा बहुउद्देश्यीय बर्थको सुविधा हुनेछ । तर लगानीको विवरणबारे अन्तिम रुप दिन बाँकी रहेको बताइएको छ ।

यो परियोजना अडानी ग्रुपको चौथो अन्तर्राष्ट्रिय बन्दरगाह हुनेछ । जवकि यसअघि अडानीले आफ्नो समकक्षीसँग मिलेर इजरायलको हाइफा, श्रीलंकाको कोलम्बो र तान्जानियाको दार एस सलाममा बन्दरगाहको परियोजना बनाइसकेका थिए ।

गत शुक्रबार अडानीको नयाँ मेगा बन्दरगाहले दक्षिण भारतमा आफ्नो पहिलो सिपलाई स्वागत गरेको थियो । जसले कम्पनीको आक्रामक रुप विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय समुद्री व्यापारको एक विशाल हिस्सामा कब्जा जमाउने संकेत देखिएको बताइएको छ । जुन क्षेत्रमा हालसम्म चीनको प्रभुत्व रहँदै आएको छ ।

अडानी ग्रुपले भने यसबाट भारतलाई समुद्री केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखेको अडानीका जेठा छोरा करण अडानीले बताएका छन् । ‘हामी उच्च निर्माण उत्पादन वा ठूलो जनसंख्या भएको र उच्च खपत गर्नसक्ने देशहरुमा ध्यान केन्द्रित गरेका छौं । हाम्रो लक्ष्य यी क्षेत्रहरुमा निर्यात मात्रा बढाउने हो ,’ करण अडानीले भनेका छन् । करण अडानीका अनुसार भारतको सबैभन्दा ठूलो बन्दरगाह अपरेटरको रुपमा अडानी पोर्ट्सले हाल आफ्नो मात्राको लगभग ५ प्रतिशत अन्तर्राष्ट्रिय परिचालनबाट प्राप्त गरिरहेको छ । र २०३० सम्म यसले दोब्बर १० प्रतिशत ब्यापार गर्ने लक्ष्य राखेको छ ।

यसैबीच अडानी ग्रुपले मध्यपूर्व, दक्षिण पूर्वी एसिया, पूर्वी अफ्रिका, बंगलादेश, श्रीलंका, मालदिभ्स, भियतनाम र कम्बोडियामा आफ्नो व्यापार बढाउने तयारी गरेको बताइएको छ । जवकि यी क्षेत्रहरु भारतको व्यापारका लागि महत्त्वपूर्ण मानिन्छन् ।

यस्तै अडानी ग्रुपले दक्षिण भारतको बिझिङजम बन्दरगाहमा आफ्नो दोब्बर लगानी गरिरहेको छ । यसको विस्तारलाई अझै बढाउन र विश्वका ठूला जहाजलाई आकर्षित गर्न २ अर्ब ४० करोड डलर लगानी गरिरहेको बताइन्छ ।


क्लिकमान्डु