अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प गोली प्रहारबाट घाइते, दुईको मृत्यु



चुनावी र्‍यालीमा रहेका ट्रम्पको दायाँ कानभन्दा माथि गोली लागेपछि उनी घाइते भएका छन् । घटनास्थलमा दुई जनाको मृत्यु भएको छ । र्‍यालीमा सहभागी अरु दुई जना गम्भीर घाइते छन् ।

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । बटलर, पेन्सिल्भेनिया लगायतका राज्यमा चुनावी र्‍यालीको क्रममा रहेका ट्रम्पमाथि गोली प्रहार हुँदा ट्रम्प घाइते भएका छन् । घटनास्थलमा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्ने व्यक्ति र र्‍यालीमा उपस्थित अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै र्‍यालीमा सहभागी अरु दुई जना गम्भीर घाइते भएको बताइएको छ ।

ट्रम्पले भने आफ्नो दायाँ कानको माथिल्लो भागमा गोली प्रहार भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सुरक्षाकर्मीहरुका अनुसार गोली लागेपछि ट्रम्प मन्चबाट बाहिर निस्किएको र उनको अनुहारमा रगत बगिरहेको थियो । चोट लागे पनि उनी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

एफबीआईले घटनापछि शनिबार राति पत्रकार सम्मेलन गर्दै बायोमेट्रिकको माध्यमबाट गोली प्रहार गर्ने व्यक्तिको पहिचान गर्ने जानकारी दिएको छ । किनकि गोली प्रहार गर्ने व्यक्तिले आफ्नो पहिचान खुल्ने कुनै पनि चिज घटनास्थलमा छोडेको भेटिएको छैन ।

साथै संदीग्ध व्यक्तिले र्‍यालीको बाहिर अग्लो स्थानबाट एकभन्दा धेरै पटक गोली प्रहार गरेको पनि प्रहरीको भनाइ छ । र उक्त व्यक्तिले र्‍याली भएको स्थान नजिकैको भवनको छतबाट गोली प्रहार गरेको पनि अनुसन्धानमा खुलेको छ ।

प्रत्यक्षदर्शीहरुले भने घटनास्थल रगताम्य भएको र आफूहरुले त्यहाँ अराजक दृश्य देखेको प्रतिक्रिया दिएका छन् । साथै उक्त घटना गराउनुलाई एक पागलपन भएको प्रत्यक्षदर्शीहरुको प्रतिक्रिया छ ।

घटनापछि राष्ट्रपति जो बाइडेनले ट्रम्पसँग कुराकानी गर्दै घटनाको निन्दा गरेका छन् । अमरिकी सञ्चारमाध्यमहरुका अनुसार घटनास्थलमा घाइते हुनेहरु सबै वयष्क हुन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको पनि जनाएको छ । आगामी नोभेम्बर २० मा हुने राष्ट्रपति चुनावका लागि रिपब्लिकनका उम्मेदवार डोनल्ड ट्रम्प र रिपब्लिकनका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरु दुबै यतिबेला चुनावी र्‍यालीमा सक्रिय छन् ।


क्लिकमान्डु