विश्वप्रसिद्ध ब्रान्ड होण्डा र टोयोटासँग जीएसी ग्रुपको साझेदारी



काठमाडौं । जीएसी ग्रुपले होण्डापछि अब टोयोटासँग साझेदारी गर्ने भएको छ । जीएसीले लगभग तीन दशकको अवधिमा उल्लेखनीय संयुक्त उद्यमहरूको विकास गरेको छ।

१९९९ मा होण्डासँग र २००४ देखि टोयोटा जस्ता विश्वप्रसिद्ध ब्रान्डहरुसँग साझेदारी गरेदेखि नै ग्रुप उत्कृष्ट आरएण्डडी र निर्माण क्षमता कार्यान्वयनमा अब्बल देखिँदै आएको छ ।

यी ब्राण्डहरुसँगको सहकार्यमा मिसनका साथ अन्तर्राष्ट्रिय उद्यमहरू विस्तार गरेको थियो । यस साझेदारीलाई अझै विश्वमाझ प्रगाढ बनाउँदै जीएसी मोटर्सले टोयोटा ब्रान्डका लागि सेल्फ ड्राइभिङ्ग प्रणालीसहितको पहिलो ईभी आउँदो वर्ष चिनिया मर्केटमा प्रस्तुत गर्ने योजना रहेको बताएको छ ।

यी साझेदारीहरूले बहुराष्ट्रिय निर्माताहरूको स्रोत र प्रविधिको उत्तम प्रयोग सुनिश्चित गर्छन् । जसको परिणामस्वरूप प्रिमियम गुणस्तरका उत्पादनहरूको डेलिभरी हुने पनि कम्पनीले दावी गरेको छ ।


क्लिकमान्डु