नयाँ सरकार बन्न नदिन प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै हुनुहुन्छः सांसद गैरे (भिडियो)



काठमाडौं । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भए पनि संविधानमा प्वाल खोजेर बसिरहेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको उनको आरोप थियो । प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको पनि उनले बताए ।

बहुमत गुमाएपछि सरकारमा एक सेकेण्ड बस्न पनि नैतिक आधार नरहने भन्दै कुनै धारा वा उपधारा नखोज्न उनले प्रधानमन्त्री दाहाललाई आग्रह गरे ।


क्लिकमान्डु