२० अर्ब डलर ऋण माग गर्दै बंगलादेशी प्रधानमन्त्री हसिना चीन भ्रमणमा



रेलमार्ग, पुल हुँदै अस्पताल र ग्यास पाइपलाइन लगायतका ठूला पूर्वाधार परियोजनाका लागि २० अर्ब डलर ऋण माग गर्न बंगलादेशी प्रधानमन्त्री शेख हसिना सोमबार चीनको राजकीय भ्रमणमा जाँदैछिन् ।

एजेन्सी । बंगलादेशी प्रधानमन्त्री शेख हसिना सोमबार चीन भ्रमणका लागि त्यसतर्फ जाँदै छिन् । चिनियाँ प्रधानमन्त्री ली छियाङको आमन्त्रणमा प्रधानमन्त्री हसिना भीन भ्रमणमा प्रस्थान गर्न लागेकी हुन् ।

जहाँ चिनियाँ नेताहरुसँग भेटवार्ताको क्रममा उनले बंगलादेशका केही ठूला परियोजनाका लागि २० अर्ब अमेरिकी डलर ऋण माग गर्नेछिन् ।

चौथो कार्यकाल सुरु गरेपछि भारत भ्रमण गरेको २ हप्तामै प्रधानमन्त्री हसिनाले चीन भ्रमण तय गरेकी हुन् । बंगलादेशी प्रधानमन्त्री हसिनाको चीन भ्रमणलाई लिएर विभिन्न मिडियाले चर्चा गरेका छन् । बंगलादेशको सञ्चारमाध्यम डेली स्टारका अनुसार चीनसँग मागिने ऋण बंगलादेशका केही पूर्वाधार परियोजनाका लागि हो । जस अन्तर्गत राजधानी ढाकाको रेल वे लाइन र भांगा कटुवाकाटा रेल वे लाइन निर्माण परियोजना साथै अस्पताल मर्मत र टिस्टा परियोजना लगायतका विकास परियोजना रहेका छन् ।

गत जुन २१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा भरत भ्रमण गरेकी हसिनाले त्यसपछि चीनको भ्रमण तय गरेकी हुन् । चीनले दिने ऋणको २० अर्ब डलरमध्ये १५ अर्ब डलर पूर्वाधार परियोजनामा खर्च हुनेछ भने बाँकी ५ अर्ब डलर चीनबाट हुने आयातमा तिर्ने भनिएको छ ।

बंगलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री हसिनाको चीन भ्रमणबारे औपचारिक जानकारी दिएको छ । जस अनुसार हसिनाको भ्रमण जुलाइ ८ सोमबार सुरु भएर ११ जुलाइमा सक्पन्न हुनेछ । बंगलादेशको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको चीनमा हसिनाको भ्रमणलाई लिएर दुई क्षेत्रीय शक्तिहरुबीच हसिनाले सन्तुलित सम्बन्ध कायम गर्न खोजेको रुपमा व्याख्या गरिएको छ ।

बंगलादेशले यसअघि डलर भण्डारणको तनाबका बीच चीनबाट आयात गरिउका सामान र सेवा भुक्तानीका लागि आयातकर्तालाई सुविधा दिन ५ अर्ब डलर ऋण मागेको थियो । यसपटक बंगलादेशले ढाका मास र्‍यापिड ट्रान्जिट विकास परियोजना (लाइन २), भंगा–कुकाटा रेलमार्ग, पिरोजपुरस्थित कोचा नदीको पुल, ढाका मेडिकल कलेज अस्पतालको मर्मत, महेशखाली/माटरबारी बखराबाद तेस्रो ग्यास प्रसारण पाइपलाइन परियोजनाका लागि चीनसँग ऋण माग गरेको बताइएको छ ।

चीनले भने बंगलादेशसँगको सम्बन्धलाई रणनीतिक साझेदारबाट व्यापारिक रणनीतिक साझेदारको रुपमा स्तरोन्नति गर्न चाहेको भन्दैआएको छ । यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले २०१६ मा ढाका भ्रमण गरेका थिए ।


क्लिकमान्डु