ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री: दिलेन्द्र बडू



नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन् ।

कांग्रेस–एमालेबीच पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी भएकाले त्यसको कार्यान्वयन हुनेमा आशंका नगर्न पनि उनले आग्रह गरे ।

आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद बडूले पहिलो चरणमा ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दुई दलको समझदारी इमान्दारिताका साथ कार्यान्वयनमा जाने बताए ।

दुई दल संविधानको ७६ (२)अनुसार सरकार बनाउन सहमतिमा आएको उनको भनाइ छ ।

सांसद बडूले भने, ‘७६ (२) कार्यान्वयन गर्नेगरी हामी एक ठाउँमा आएका हौं । त्यसमा पहिलो पालो नेकपा एमालेका आदरणीय नेता केपी ओली जी हुनुहुन्छ । माननीय केपी ओलीजी । दोस्रो पालो माननीय शेरबहादुर देउवाजी हुनुहुन्छ नेपाली कांग्रेसको सभापति । त्यो समझदारी इमान्दारिताका साथ । केका लागि भन्दा राजनीतिक स्थिरता दिने कुरामा हामी एक ठाउँमा आएका हौं भने हामीले त्यो कुरा मेन्टेन गर्नु प¥यो नि । त्यो गर्छौंंंं । अहिले त्यही विश्वासका साथ हेरिनुपर्छ । यो आशंकाले ठाउँ पाउँदैन । र हामीले जे गरिराखेका छौं, त्यो जनताले पनि देखिराखेका छन् नि । त्यसकारणले यसमा सबै आफ्नो प्रतिवद्धतामा सबै इमान्दारिताका साथ जानुपर्ने अवस्था छ । जान्छ ।’


क्लिकमान्डु