कांग्रेस एमालेबीच भएको सहमति किन सार्वजनिक गर्न सकिनरहनु भएको छैन: माओवादी



काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेबीच भएको भनिएको सहमति सार्वजनिक गर्न चुनौती दिएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी सांसद माधव सापकोटाले एउटा व्यक्तिको घरमा के सम्झौता भयो भन्ने कुरालाई चिन्न नसकिने बताए ।

सम्झौता सार्वजनिक गर्न उनले दुई दललाई चुनौती दिए ।

‘संसदको पहिलो र दोस्रो दलबीच एउटा व्यक्तिको घरमा के सम्झौता भयो । दिनभरी प्रधानमन्त्रीसँग बसेर स्वर्ग गए पनि नर्क गए पनि सँगै जाउँला भन्ने अर्कोतिर आफ्नो नेतालाई ललितपुरमा सम्झौताको मस्यौदा गर्न लगाउने ?,’ उनले भने,’मध्यरातमा अमूक व्यक्तिको घरमा के सम्झौता भयो ? सार्वजनिक गर्न किन सकिनरहनु भएको छैन । यतिका दिनसम्म गुपचुप राख्नुपर्ने भय के हो ? यदि हिम्मत छ भने औपचारिक हस्ताक्षर गरेर सम्झौता सार्वजनिक गर्नुस् ।’


क्लिकमान्डु