संसद बैठक: सत्तापक्ष छाडेर प्रतिपक्षी बेन्चमा बस्यो एमाले



काठमाडौं । कांग्रेससँग सत्ता सहयात्रा तय गरेको नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बसेको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आइतबारको बैठकमा एमाले सत्तापक्षबाट प्रतिपक्षी बेन्चमा सरेको हो ।
बैठकमा प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले दुवै प्रतिपक्षी बेन्चमा देखिएका हुन् ।

संसद बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीले ततल्कालै राजीनामा दिनुपर्ने माग गरेको छ ।
तर प्रधानमन्त्रीले भने राजीनामा नदिएर संसदमा विश्वासको मत लिने भएका छन् । उनले असार २८ गते विश्वासको मत लिँदैछन्।

एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु