मुकुलको प्रतिवेदन: गगनलाई जित्न सहज बनाइदियौं, आज चोट पुग्यो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट निलम्बन गरेका डा मुकुल ढकालले गत आमचुनावमा कांग्रेस महामन्त्री गगन थापाको सहयोगमा आफूहरूले प्रत्यक्षमा दुई सिट बढी जितेको दाबी गरेका छन् ।

बुधबारको रास्वपा बैठकमा पेस भएको ३२ पृष्ठ लामो समीक्षा प्रतिवेदनमा ढकालले आमचुनावमा पार्टीले गगनसँग रणनीतिक सहकार्य गरेको खुलासा प्रतिवेदनमार्फत गरेका छन् ।

गगनविरुद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिएको उनको खुलासा छ । तर त्यसले आज रास्वपालाई नै चोट पुर्‍याएको उनले प्रतिवेदनमा उल्लखे गरेका छन् ।

‘मंसिरको चुनावका बेला गगन थापाकाविरुद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौँ, त्यसले आज हामीलाई नै चोट पुर्‍याएको छ,’ मुकुलले प्रतिवेदनमा भनेका छन्, ‘हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा दुई सिट नाफा हुन पुग्यो । नतिजाले काठमाडौं ४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो । गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्नपर्ने हुन्छ ।’


क्लिकमान्डु