सत्ता समिकरणको प्रभाव सेयर कारोबारमा, बजार २१ सय बिन्दुमा अडियो



काठमाडौं । सत्ता समिकरणको प्रभाव सेयर बजारमा पनि देखिएको छ ।

सोमबार मध्यराति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ ।

कारोबार सुरु भएको डेढ मिनेटमा पहिलो सर्किट लागेको बजार खुले लगत्तै दोस्रो सर्किट पनि लाग्यो । नयाँ सरकार बन्ने र नयाँ सरकारका अर्थमन्त्री एमालेका बिष्णु पौडेल हुने चर्चाका बिच बजारले २ पटक सर्किट लाग्यो । जब प्रचण्डले सहजै सरकार नछोडने, विश्वासको मत लिने भनेपछि बजारले ओरालो बाटो समात्यो ।

२ पटक सर्किट लागेको बजार इन्ट्रा डे कारोबारमा २१५६ बिन्दुमा पुगेको बजार घट्न थालेपछि २१ सय बिन्दुमा रोकिएको छ । यो दिन बजारमा ४७.०४ अंकको बढोत्तरी देखियो ।

३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको घटेको छ ।


क्लिकमान्डु