पुरानै सिफारिस समितिले धितोपत्र बोर्ड अध्यक्ष छान्ने, मन्त्रिपरिषदले दियो निरन्तरता



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष चयनका नयाँ सिफारिस समिति बनेको छ । सोमबारको मन्त्रिपरिषदले पुरानै सदस्यलाई निरन्तरता दिएर समिति बनाएको हो ।

छनोट प्रक्रिया रद्द भएपछि पुन समिति बनेको हो । राष्ट्रिय योजना आयोग उपाध्यक्ष मिनबहादुर श्रेष्ठको नेतृत्वको समितिमा अर्थसचिव मधु मरासिनी र प्राध्यापक उदय निरौला नै छन् ।

यसअघिको चयन प्रक्रियाको अन्तिम चरण अर्थात् अन्तर्वार्तामा २ उम्मेदवारमात्र उपस्थित भएपछि प्रक्रिया नै रद्द गरिएको थियो ।

प्रक्रिया रद्द भएसँगै एक प्रत्यासी सन्तोषनारायण श्रेष्ठले अदालतमा रिट दायर गरिसकेका छन् ।


क्लिकमान्डु