सेबोन अध्यक्ष नियुक्ति प्रकृया रद्द गर्ने निर्णय विरुद्ध सन्तोष नारायण श्रेष्ठ पुगे अदालत



काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सन्तोष नारायण श्रेष्ठ अदालत गएका छन् ।

उनले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मंगलबारका लागि पेशी तोकिएको छ ।

अध्यक्ष नियुक्तिका लागि मुख्य ५ मा छानिएका श्रेष्ठले यो प्रकृया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । मुख्य ५ मा छानिएका ५ जना मध्ये ३ जना अन्तवार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएपछि सरकारले यो प्रकृया रद्द गरेको छ ।


क्लिकमान्डु