३२ भन्दा बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स अब नेपालमा



काठमाडौं । सीजी मोटर्सले आधिकारिक बिक्रेताको रुपमा चिनिने उत्कृष्ट चिनियाँ अटोमोबाइल ब्राण्ड जीएसी मोटर्स नेपालमा भित्र्याएको छ ।

विश्वभर उच्च, गुणस्तर र प्रविधिका लागि चिनिने जीएसी मोटर्सले सोही अन्तर्राष्ट्रिय स्तरको गुणस्तर नेपालमा ल्याउन नयाँ ‘एयोन वाई’ नेपालको बाजारमा उपलब्ध गराएको हो ।

३२ भन्दा बढी देशहरुमा सफलतापूर्वक विस्तार भइसकेको जीएसी मोटर्सलाई विश्वव्यापी रुपमा अटोमोबाइल उद्योगको अग्रणि मानिन्छ । अनुसन्धान, विकास, प्रविधि र ग्राहक सन्तुष्टिलाई आफ्नो मेरुदण्ड बनाइ जीएसी मोटर्सले दक्षिण-पूर्व एशिया, पूर्वी युरोप, अफ्रिका र अमेरिका समेत विभिन्न क्षेत्रका अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाएको छ ।


क्लिकमान्डु