संसद बैठकमै सांसदहरु घ्वाँरघ्वाँर निदाउँनुहुन्छः उपसभामुख राना



काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताइन् । उनले संसद बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताए ।

उनले संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरु निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन् ।

सुत्ने बेला नभएको भन्दै उनले सभामा सुतेर सपना नदेख्न सांसदहरुलाई आग्रह गरिन् । सांसदहरुले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताइन् ।

उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन् ।


क्लिकमान्डु