प्रचण्ड र ओलीबीच भेटवार्ता भइरहँदा रवि पनि मिसिए



काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आइतबार दिउँसो भेटवार्ता भइरहँदा गृहमन्त्री लामिछाने मिसिएका हुन् ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच करिब एक घन्टा एक्लाएक्लै छलफल भएपछि लामिछाने पनि सहभागी भएका हुन्।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

यसैबीच शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोटस्थित निवासमै पुगेर एमाले अध्यक्ष ओलीसँग तीन घण्टा भेटवार्ता गरेका थिए ।


क्लिकमान्डु