प्रभु बैंकका कर्मचारीलाई हरीसिद्धिको नेपाल क्यान्सर हस्पिटलमा छुट



काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई ललितपुरको हरीसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले विशेष छुट दिने भएको छ । हस्पिटलसँग प्रभु बैंकले हालै एक समारोहबीच छुट सम्बन्धी सम्झौता गरेको हो ।

प्रभु बैंकका तर्फबाट वागमती प्रदेश शाखा प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नयाँ सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरुले कार्यालयको परिचयपत्रका आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

हस्ताक्षर समारोहमा विशेषगरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो । स्तन सम्बन्धी क्यान्सरका विशेषज्ञ डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सर विशेषज्ञ डा.अनु बज्राचार्यले चेतनामुलक सन्देश प्रस्तुत गरेका थिए । साथै समारोहमा महिला कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो ।


क्लिकमान्डु