ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट



काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको छ ।

जसमा चालूतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ विनियोजन भएको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन् । उनका अुनसार पुँजीगत खर्चतर्फ आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन गरिएको छ ।

आगामी आवका लागि विनियोजित बजेटमध्ये स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट १ अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

आन्तरिक आय (आन्तरिक राजस्व, मालपोत रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर) बाट ३ अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने छ । विकास निर्माणमा जनसहभागिता बापत ८ करोड ५० लाख प्राप्त हुने बताइएको छ ।

अन्तर सरकारी तर्फ ८० करोड ६५ लाख र १ अर्ब ५४ करोड ४५ लाख नगद मौज्दातबाट व्यहोरिने उल्लेख छ ।


क्लिकमान्डु