नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा प्रभावित



काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको हो ।

सोमबार अपराह्न साढे ४ बजेपछि टेलिकमको टेलिफोन नेटवर्कमा समस्या देखिएको हो ।

नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको छ भने मोबाइल डेटा समेत प्रभावित भएको छ ।

सेवामा समस्या आएकोबारे टेलिकमले केही उल्लेख गरेको छैन ।


क्लिकमान्डु