बाबुराम भट्टराई कांग्रेससँग मिलेर चुनाव लड्ने



काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई अब नेपाली कांग्रेससँग मिलेर निर्वाचन लड्ने भएका छन् ।

बृहत बाम एकतामा सामेल हुने भनेर एमाले र माओवादी केन्द्रको गठबन्धनमा सामेल भएका भट्टराई त्यहाँ एकसातापनि टिक्न सकेनन् ।

उनले चुनाव लड्न लागेको गोरखा २ मा माओवादीका नेता नारायणकाजी श्रेष्ठले छाड्न नमानेपछि उनी बाम गठबन्धनबाट अलग भएका छन् ।

कांग्रेससँगको सहमति अनुसार नयाँ शक्तिले गोरखा १ मा कांग्रेसलाई सहयोग गर्ने २ नम्बर क्षेत्रमा कांग्रेसले नयाँ शक्तिलाई सहयोग गर्ने छ ।

यसभन्दा अगाडिको २ वटा निर्वाचनमा भट्टराई गोरखाबाट निर्वाचित भएका थिए ।


क्लिकमान्डु