श्री एयरलाइन्सले फेरि एउटा जहाज थप्यो, सबैभन्दा ठूलो कम्पनी बनेसँगै वायुयानको संख्या १९ पुग्यो


श्री एयरलाइन्सले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हामिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका विमान  थप गरेको हो । श्रीले नेपाल भित्र्याएको उक्त जहाजको कल साइन ९एन-एओएम हो ।

आन्तरिक उडानमा आक्रामक सेवा विस्तार गर्दै गरेको श्री एयरलाइन्स जहाज संख्याका हिसावले सबैभन्दा ठूलो कम्पनी हो । यो वायुसेवासँग नियमित सेड्युल फ्लाइट गर्ने जहाजको संख्या ११ वटा पुगेको छ ।

श्रीले एउटा थप गरेसँगै ड्यास ८ सात वटा पुगेको छ । यो कम्पनीसँग ५० सिट क्षमताको सीआरजे २ वटा र ७० सिट क्षमताके अर्को २ वटा सीआरजे ७०० नामको जहाज छ ।

यो वायुसेवासँग २४ सिट क्षमताका ठूला ६ वटा र साना २ वटा हेलिकप्टर छ । श्रीले नयाँ थप गरेको जहाजलाइ नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएपछि नियमित उडानका गन्तव्यमै सेवा विस्तार गर्ने भएको छ । यो वायुसेवाले सुगम क्षेत्रमा दिने सेवाले यात्रुलाइ सहज हुने भएके छ भने प्रतिस्पर्धाका कारण यात्रुले हवाइ भाडा समेत सस्तो पर्ने दाबी श्री एयलाइन्सको छ ।

श्रीले थप गरेको नयाँ जहाज संयुक्त राज्य अमेरीकाको होराइजन एयर तथा अलास्का एयरद्वारा संचालनमा रहेका उक्त जहाज क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित जहाज हुन् ।  ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनी अनुभुति दिने र भरपर्दो क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावको इन्जिन जडित विमान हो ।

उक्त जहाज श्री एयसलाईन्सका पाइलटहरु द्वारा संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टलैण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजवे, आइसलैण्डको केफलामिक चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुदै आएको हो । यो जहाज करिब १० हजार ४०० माइलको दुरीलाइ ३३ घण्टा उडेर आएको छ ।

सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सि आर जे २०० तथा ७० सिट क्षमताको २ वटा सि आर जे ७०० जेट विमानहरुबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान संचालन शुरु गरेको यो वायुसेवा आन्तरिक हवाई सेवामा उत्कृष्ट सेवा प्रदायक बन्न सफल वायुसेवा पनि हो ।

श्री एयरलाईन्सले सेवा शुरु गरिसके पछि यात्रुहरुले सहुलियत भाडादरमा यात्रा गर्न पाएका छन् । यसका जहाजले हाल काठमाडौ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरुमा र पर्वतीय उडानहरु नियमित रुपमा हवाई सेवा संचालन गरिरहेको छ ।