हेर्दा हेर्दैमा पर्‍यो रविविरुद्धको मुद्दा



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर रिट हेर्दा हेर्दैमा राखिएको छ ।

शुक्रबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा पेसी चढेको मुद्दामा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । यो मुद्दाका लागि अर्को पेसी असार १६ गतेका लागि तोकेको छ।

रिटमा शुक्रबार रिट निवेदक र सरकारी वकिलले बहस गरेका थिए । लामिछानेका तर्फबाट बहसका लागि समय नपुगेको र जवाफ पनि बाँकी रहेपछि मुद्दा हेर्दा हेर्दैमा परेको हो ।

अधिवक्ता अनुपम भट्टराईले लामिछानेविरुद्ध कास्की प्रहरीमा पुरक जाहेरी परे पनि महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको भन्दै त्यसको खारेजी र लामिछानेलाई पदमुक्त गर्न माग गरिएको छ ।


क्लिकमान्डु