रास्वपा कार्यालय पुगेर प्रचण्ड, देउवा, माधव नेपालले बजाए घण्टी (तस्बिरहरु)

763
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भए । चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रीहरु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लगायत सहभागी भएका छन् ।

त्यस्तै उद्योगीसमेत रहेका कांग्रेस सांसद विनोद चौधरी चियापानमा पुगेका छन् ।

चियापानमा पुगेका नेताहरुले रास्वपाको कार्यालयमा राखिएको घण्टी बजाएका थिए ।