आयात १.८४ प्रतिशत, निर्यात ३.०१ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ आयात भएको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा १.८४ प्रतिशतले कम हो । गत आवको ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँ आयात भएको थियो ।

भन्सार विभागका अनुसार यो अवधिमा आयात मात्रै होइन निर्यात पनि घटेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँको निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३.०१ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालबाट १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँको निर्यात भएको थियो ।

जेठ मसान्तसम्म नेपालको वैदेशिक व्यापार १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ पुगेको छ । आयात निर्यातको खाडल बढेसँगै वैदेशिक व्यापारमा नेपालले व्यहोर्दै आएको घाटा पनि बढ्दै गएको छ । जेठ मसान्तसम्म नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

यो गत आवको सोही अवधिको तुलनामा १.७२ प्रतिशत कम हो । गत आवको सोही अवधिमा १३ खर्ब ३७ अर्ब ३९ करोड ्र४५ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु