गण्डकी प्रदेश : ३२ अर्ब ९७ करोडको बजेट



कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँबराबरको बजेट ल्याएको छ ।

प्रदेश आर्थिक योजना मन्त्री डा टंकराज गुरुङले शनिबार उक्त बजेट ल्याएका हुन। यसमध्ये चालु खर्चतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ, पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७८ लाख ९३ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यसमध्ये अपुग हुने रकम १ करोड ७६ लाख ११ हजार रुपैयाँ प्रदेश सञ्चित कोषमा व्ययभारमा हुने जानकारी उनले दिए ।


क्लिकमान्डु