कैलालीका दुई विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

112
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोहन्याल, कैलालीका श्री भृकुटी माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयलाई आवश्यक भौतिक पूर्वाधारका सामाग्री उपलब्ध गराएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डेस्क, बेञ्च र राउन्ड टेबल उपलब्ध गराएको हो ।

५५ वर्ष देखि सञ्चालनमा रहेको र करिब १ हजार गरिब, जेहनदार विद्यार्थी अध्ययनरत ती विद्यालयमा भौतिक पूर्वाधारको कमि रहेको हुँदा बैंकले सो सामाग्रीहरु प्रदान गरको जनाएको छ । बैंकको यो कार्यबाट ती विद्यालयका विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ इकाइबाट १७ लाख ४९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने बताएको छ ।

Skip This