राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति काँग्रेस नेता कोइरालाको आपत्ति

294
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारको विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयको औचित्यमाथि प्रश्न गरेका छन्। सरकारले गरेको उक्त निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका हुन्।

सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दुरगामी महत्वका निर्णयमा सरकारको हस्तक्षेप स्वीकार्य नभएको दाबी गरेका छन्।

भारतस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति उनले प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘लामो घनिष्ठ सम्बन्ध, ब्यापारको झण्डै दुईतिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदुत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत रु दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन्।’

मन्त्रिपरिषद्‌ बैठकले भारतलगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।