चौधरी फाउन्डेसनको आयोजनामा एसी-रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्‍न



काठमाडौं । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । फाउन्डेसनले ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सिप विकास गर्नका लागि उक्त तालिम प्रदान गरेको हो ।

मंगलबार एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा सञ्चालित यस कार्यक्रम सफलतापुर्बक समापन भएको छ भने, चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन गरिरहेको छ ।

यसैबीच, चौधरी फाउन्डेसनले ३ वटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी तीनदिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरु हुनेछ ।

कार्यक्रममा बोल्दै चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताए ।


क्लिकमान्डु