कामना विकास बैंकका ग्राहकलाई होटल इस्टोन ब्लुमा छुट



काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकहरुका लागि सूर्योदय, इलामस्थित होटल इस्टोन ब्लुले विभिन्न सेवा शुल्कमा १५ प्रतिशत छुट दिने भएको छ ।

बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुले रेष्टुरेन्टमा खाना, लजिङ लगायतका शुल्मा १५ प्रतिशत छुट पाउने भएका हुन् ।

ग्राहकहरुले बैंकको कार्ड, मोबाइल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्नसक्ने होटल इस्टोन ब्लुले जनाएको छ ।


क्लिकमान्डु