एनआईसी एशिया बैंकले २२५ ठाउँको घर जग्गा बिक्री गर्ने



काठमाडौं‌ । एनआईसी एशिया बैंकले विभिन्न २२५ ठाउँमा रहेको गैह्र बैंकिङ सम्पत्ति (घर जग्गा) बिक्री गर्ने भएको छ ।

बैंकको नाममा दर्ता रहेको उपत्यकाका साथै उपत्यका बाहिर विभिन्न जिल्लाको गैह्र बैंकिङ सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्न ७ दिने सूचना निकालेको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाले ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

बैंकको गैह्र बैंकिङ सम्पत्ति खरिद गर्नका लागि कर्जा असुली विभागमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । बोलपत्र पेश गर्ने अन्तिम दिनको भोलिपल्ट ३ बजे बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभागमा बोलपत्र खोलिने बैंकले जनाएको छ ।


क्लिकमान्डु