५०० वर्ष पुरानो बेलायती कम्पनी बिक्रीको तयारीमा



एजेन्सी । बेलायतको सबैभन्दा पुरानोमध्येको एक रोयल मेलका मालिकले कम्पनी विक्रीका लागि गरेको बोलकबोल आह्वान चेक रिपब्लिकका अर्बपतिबाट स्वीकृत भएको छ ।

रोयल मेलको ४ अर्ब ६ करोड को बोलकबोल आह्वान चेक रिपब्लिकका अर्बपति ड्यानियल केटिन्सकीले स्विकार गरेका हुन्।

यससँगै ५ सय वर्ष पुरानो रोयल मेल विदेशी कम्पनीलाई विक्री गर्न बाटो खुलेको छ । डाक सेवा सञ्चालन गरिरहेको इन्टरनेसनल डिस्ट्रिब्युसन सर्भिसेजले बुधबार क्रेटिन्स्कीको ईपी समूहले ४.६९ बिलियन अमेरिकी डलरको अधिग्रहण प्रस्ताव स्विकार गरेको हो ।

यो सम्झौताले हजारौं श्रमिकहरुको नियमित काम प्रभावित हुने अपेक्षा गरिएको छ । यद्यपि ईपी समूहले यस्ता थुप्रै विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको छ । साथै रोयल मेलको सार्वजनिक सेवा दायित्वलाई पालना गर्ने पनि जनाएको छ ।

यस्तै श्रमिकको भत्ता र पेन्सन लगायतका विषय पनि कायम राख्ने उक्त कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ । र बलायतमै उसको मुख्यालय राखिने भएको छ ।

२०१३ मा निजीकरण भएको रोयल मेल त्यसपछिका वर्षहरुमा कठिन अवस्था पार गर्दै आएको थियो । यसको सेवाको मागमा पछिल्लो समय भारी गिरावट आएको छ । गत मार्चमा वार्षिक घाटा ५३६ मिलियन अमेरिकी डलर थियो । जुन अघिल्लो वर्षको तुलनामा सुधार भएको बताइएको छ ।

तर १ लाख १० हजार कामदार भएको रोयल मेलका कर्मचारी युनियनका नेतासहित कतिपय मानिसहरु यस्तो निर्णयबाट असन्तुष्ट छन् । निजीकरण गर्दाको परिणाम भन्दै श्रमिक नेताहरुले कम्पनीको निर्णयको आलोचना गरेका छन् । साथै कामदारहरुले कम्पनी खरिदकर्ता कम्पनीले थप प्रतिबद्धता जारी गर्नुपर्ने अडान पनि राखेका छन् ।


क्लिकमान्डु