शिक्षा सेवा शुल्क १ प्रतिशतले बढ्यो, डिजिटल सर्भिस शुल्क १० लाखले बढ्यो



काठमाडौं । सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा ३ प्रतिशतलका दरले शिक्षा सेवा शुल्क लिने भएको छ । यस्तो शुल्क चालु आर्थिक वर्ष २०८०/८१ को लागि २ प्रतिशत मात्रै छ ।

सरकाले आगामी वर्षदेखि नयाँ करका रुपमा हरित कर लागू गरेको छ । यस्तो कर नेपालभित्र पैठारी हुने वस्तुमा भन्सार विन्दूमै कर लगाइने व्यवस्था गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षबाट वैदेशिक पर्यटन शुल्कको रुपमा नयाँ करसमेत लागू गर्ने भएको छ । यस्तो कर अन्तर्गत पर्यटकको रुपमा भ्रमणको लागि विदेशमा जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने भएको छ । यस्तो शुल्कमा वैदेशिक भ्रमणको प्याकेज विक्रेताले प्याकेज बिक्रीको वखत यस्तो शुल्क लिनुपर्ने छ ।

सरकारले यो आगामी आर्थिक वर्षमा विद्युत सेवा कर (डिजिटल सर्भिस ट्याक्स) बढाएको छ । यस्तो कर गैरवासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको करोबार मूल्यमा २ प्रतिशतका खदरले विद्युतीय सेवा कर लगाइने भएको छ । यस करले बार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा भने कर नलाग्ने व्यवस्था गरेको छ । चालु आवमा यस्तो कर २० लाख रुपैयाँसम्मको लागि मात्रै लाग्ने व्यवस्था छ ।


क्लिकमान्डु