एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका-१० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ ।

यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको थियो ।

नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपछि ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ ।

साथै, उक्त नवनिर्मित भवनमा ग्राहकहरुलाई डिजिटल बैंकिङमार्फत प्रोत्साहन गर्ने उद्देश्यले बैंकले क्यास डिपोजिट मेसिन, क्यास रिसाइकल मेसिन लगायतका अत्याधुनिक सुविधासम्पन्न डिजिटल बैंकिङ कारोबार गर्न छुट्टै डिजिटल बैंकिङ हल समेत सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।


क्लिकमान्डु