सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार?



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेको छ ।

आइतबार प्रतितोला एक लाख ३६ हजार ९ सयमा कारोबार भएकोमा आज एक लाख ३७ हजार दुई सय कायम भएको छ ।

साथै तेजावी सुनको मूल्य प्रतितोलामा तीन सयले बढेर एक लाख ३६ हजार पाँच सय ५० रुपैयाँ कायम भएको छ । साथै चाँदीको मूल्य प्रतितोला २५ ले बढेर एक हजार आठ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु