बालुवाटारमा प्रमुख राजनीतिक दल र कार्यदलको बैठक, के भयो कुराकानी ?



काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले छलफललाई तिव्रता दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष दल र सहकारी छानबिन समितिको कार्यादेश तय गर्न गठन भएको कार्यदलको बैठक बसिरहेको हो ।

बैठकमा संसद्को गतिरोध अन्त्य, पछिल्लो घटनाक्रम र सहकारी ठगीका विषयमा संसदीय समितिको कार्यादेशका बारेमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुनमन्त्री पदम गिरि, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियार लगायत सहभागी छन् ।


क्लिकमान्डु