स्मार्ट सिटीको प्रतिवेदन बनाउँदै सकियो सवा १६ करोड, अझै लागत बढ्ने



काठमाडौं । स्मार्ट सिटीको विस्तृत आयोजना प्रतिवेदन तयारी पार्दा नै १६ करोड २६ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ ।

महालेखापरीक्षकको ६१ औ प्रतिवेदनले १६ करोड २६ लाख ५३ हजार रुपैयाँ खर्च गर्दा समेत कुनै पनि योजना कार्यान्वयनमा नआएको जनाएको छ । वर्षौंसम्म योजना कार्यान्वयन नहुँदा समय तथा लागत बढ्ने हुनाले कार्यान्वयन प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव रहेको छ ।

सरकारले काठमाडौं उपत्यकाको बस्ती व्यवस्थापन गर्न २०७५ वैशाख २५ गते स्मार्ट सिटीको अवधारणा स्वीकृत गरेको थियो । बाहिरी चक्रपथको कार्यसम्पादन अवस्था यकिन भई नसकेको अवस्थामा सोही क्षेत्रको अधिकांश भू-भाग समेटिने गरी काठमाडौं उत्तरपूर्वमा १ लाख रोपनी, काठमाडौं उत्तरमा १० हजार रोपनी तथा ललितपुर र भक्तपुरमा १०-१० हजार रोपनी क्षेत्रफलमा ४ स्मार्ट सिटीको आयोजना अघि बढाउने लक्ष्य रहेको छ ।


क्लिकमान्डु