बाहिरी चक्रपथको अध्ययन मै सकियो १५ करोड, २२ वर्षदेखि अध्ययन जारी



काठमाडौं । विगत २२ वर्षदेखि बाहिरी चक्रपथ निर्माणको अध्ययन जारी छ ।

२२ वर्षको अवधिमा यसको सम्भाव्यता अध्ययन मात्रै भएको छ । हालसम्म काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको बाहिरी चक्रपथ विकास आयोजनाबाट १४ करोड ८४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ ।

व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौं उपत्यका सहित ३ जिल्लामा योजनाबद्ध नयाँ व्यवस्थित सहर विकास गर्न ७२ किलोमिटर बाहिरी चक्रथप निर्माण गर्ने योजना २०५८ मा सुरु भएको थियो । उक्त कार्यले अहिलेसम्म पनि मुर्तरुप लिएको छैन ।


क्लिकमान्डु