फास्ट ट्रयाकको धेद्रे जोडी सुरुङमा ‘ब्रेक थ्रु’



काठमाडौं । काठमाडौं -तराई-मधेश द्रुतमार्ग अन्तर्गत धेद्रे सुरुङमा रहेका जोडी सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।

शुक्रबार मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधिन धेद्रे सुरुङमार्गको जोडी सुरुङको ब्रेक थ्रु भएको हो । यो सुरुङको लम्बाई १६ सय ६३ मिटर रहेको छ ।

निजगढबाट काठमाडौं आउनेतर्फको लेनमा रहने सुरुङको शुक्रबार ब्रेक थ्रु भएको हो । यसअघि ४ जेठका दिन काठमाडौंबाट निजगढतर्फ जाने सुरुङ छिचोलिएको थियो ।

द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा यो सुरुङ छ । शुक्रबार रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मालगायतको उपस्थितिमा सुरुङ मार्ग छिचोलिएको हो ।

७०.९७७ किलोमिटर लामो द्रुतमार्गमध्ये सुरुङको मात्र हिस्सा १०.५५ किलोमिटर रहेको छ । यो आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन् ।


क्लिकमान्डु