माइडिया ब्रान्डका नयाँ वाटर डिस्पेन्सर नेपालमा



काठमाडौं । वर्ल्ड नम्बर एक अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले तीन नयाँ मोडलका वाटर डिस्पेन्सरहरू बजारमा ल्याउने भएको छ । यी नयाँ वाटर डिस्पेन्सरहरूले उच्च प्रविधि र उन्नत डिजाइन प्रदान गर्दै उपभोक्ताको जीवनशैलीलाई सहज बनाउने उद्देश्य राखेको कम्पनीले बताएको छ।

पहिलो मोडल
टप लोडिङ – हट एण्ड नर्मल- ९ लिटरको क्याबिनेटसहित आउँछ, जसले प्रतिघण्टा ४ लिटर पानी तताउन सक्छ। स्मार्ट र कम्प्याक्ट डिजाइनले सानो ठाउँमा पनि यो सजिलै फिट हुन्छ। ओभरहिट प्रोटेक्सन, डिट्याचेबल ड्रिप ट्रे र बोटल सपोर्ट जस्ता सुविधाहरू यसमा छन्। फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरी निर्माण गरिएको यो डिस्पेन्सर ५.१ केजी तौल र ३३०x३३०x८८५ मिमी आकार छ।

दोस्रो मोडल
टप लोडिङ – हट/नर्मल/कोल्ड कमप्रेसर कुलिङ १६ लिटरको क्याबिनेटसहित आउँछ, जसले प्रतिघण्टा ४ लिटर तातो पानी र २ लिटर चिसो पानी उत्पादन गर्न सक्छ। उच्च दक्षता कमप्रेसर कुलिङ र तीन-ट्याप डिजाइन यसको विशेष आकर्षण हो । यसमा बाल सुरक्षा लक(Child safety lock), ओभरहिट प्रोटेक्सन, डिट्याचेबल ड्रिप ट्रे र बोटल सपोर्ट जस्ता सुविधाहरू छन्। फूड ग्रेड सामग्री र स्टेनलेस स्टिल वाटर ट्यांक मटेरियल प्रयोग गरिएको यो डिस्पेन्सर १७.२ केजी तौलको छ भने ३१०x३६०x१००० मिमी आकार छ।

तेस्रो मोडल
टप लोडिङ – हट एण्ड नर्मल– साना आकारमा प्रयोग गर्न उपयुक्त छ र यसले प्रतिघण्टा ४ लिटर पानी तताउन सक्छ। सजिलो पुस प्याडल (Easy Push Paddle) र दुईवटा ट्याप डिजाइनले यसलाई प्रयोग गर्न सरल बनाउँछ। यसमा पनि ओभरहिट प्रोटेक्सन रहेको छ। फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरी निर्माण गरिएको यो डिस्पेन्सर २.३ केजी तौलको छ भने २५४x२९५x३८७ मिमी आकारको छ।

यी तीन मोडलका पानी डिस्पेन्सरहरूमा उच्च दक्षता, ओभरहिट प्रोटेक्सन, फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल जस्ता सुविधाहरू छन्। हट, नर्मल र कोल्ड पानीको आवश्यकता पूरा गर्न सक्षम यी डिस्पेन्सरहरू सजिलो सफा गर्न मिल्ने र बाल सुरक्षा लकसहित सुरक्षित छन्।

माइडिया र सीजी इलेक्ट्रोनिक्सको सहकार्यबाट नेपाली बजारमा उच्च गुणस्तरीय उपकरणहरू ल्याउने अपेक्षा राखिएको छ । उपभोक्ताहरूले अब यी अत्याधुनिक पानी डिस्पेन्सरहरूमार्फत आफूलाई आवश्यक पर्ने विभिन्न प्रकारका पानी सुविधाजनक र सुरक्षित रूपमा पाउनेछन्।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, रेफ्रिजेरेटर, डिसवासर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित छ ।


क्लिकमान्डु