कैलाश सिरोहियालाई म्याद थपका लागि आज अदालत पेस गर्दै प्रहरी



जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ ।

नागरिकता प्रकरणमा धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई पुन: म्याद थपका लागि जिल्ला अदालत धनुषामा पेस गर्न लागिएको हो ।

जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि गत बुधबार तीनदिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । जसको म्याद आज सकिँदैछ ।

नागरिकतासम्बन्धि कसुरमा प्रहरीले गत मंगलबार सिराहियालाई काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरि धनुषा ल्याएको थियो ।


क्लिकमान्डु