सहरी विकासमन्त्री धनबहादुरका सातवटा घर, ६० लाख नगद



काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाको सम्पत्तिको रुपमा काठमाडौंमा एउटा सात तले घरसहित सातवटा घर रहेका छन् ।

बुढाको डोल्पामा ४ वटा र काठमाडौंमा ३ वटा घर रहेका छन् । काठमाडौंमा रहेको उनकी श्रीमतिको नामको एउटा घर सात तलाको रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

बुढाको डोल्पामा रहेका ४ वटा घर आफ्नो नाममा र काठमाडौंका तीन ठाउँमा रहेका तीन वटा घर श्रीमतिको नाममा छ । काठमाडौंमा बुढासँग ७ आना मात्रै जग्गा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै बुढाले १५० तोला सुन र ३०० तोला चाँदी सम्पत्तिको रुपमा देखाएका छन् । साथै बुढाको विभिन्न बैंक तथा वित्तीय संस्थामा १५ लाख नगद र श्रीमतिको नाममा ४५ लाख नगद गरी जम्मा ६० लाख नगद बचत रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

मंगलबार प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसमध्ये सबैभन्दा धेरै सम्पत्ति हुने मन्त्रीमा उपप्रधानमन्त्री रघुवीर महासेठ र श्रम तथा रोजगार मन्त्री डीपी अर्याल देखिएका छन् ।


क्लिकमान्डु