ऊर्जामन्त्रीको सम्पत्ति विवरण: ४५ लाख नगद, दाइजोमा पाएको १० लाखको जग्गा



काठमाडौं । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग ४५ लाख रुपैयाँ नगद रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको उनको सम्पति विवरणमा उल्लेख भए अनुसार जाजरकोटमा ४ रोपनी १‍३ आना जग्गा रहेको छ । छोरी संगम बस्नेत र श्रीमती सत्या पहाडीको नाममा उक्त जग्गा रहेको उल्लेख छ । यो उनको पैतृक सम्पत्ति हो ।

१० लाख रुपैयाँमा खरिद भएको १२६ वर्गमिटर जग्गा सुर्खेतमा रहेको उल्लख गरिएको छ । उक्त जग्गा दाईजोमा पाएको उल्लेख गरिएको छ । उनीसँग सुन ५ तोला रहेको छ ।

एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकमा १० लाख तथा बैंक उल्लेख नगरिएको ३५ लाख रुपैयाँ रहेको उल्लेख छ । उनको श्रीमतीको नाममा ६ लाख रुपैयाँको सेयर रहेको छ ।

नेकपा माओवादी केन्द्रले दिएको स्करपियो गाडीसमेत रहेको विवरण सार्वजनिक गरेका छन् ।


क्लिकमान्डु